यस्तो छ टिम मोदी : केही पुराना, केही नयाँ अनुहार

 जेठ १६, २०७६ बिहिबार २२:४५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतमा १७औँ लोकसभा चुनावमा भारतीय जनता पार्टी(बीजेपी)  ३०२ सिटसहित विजयी भएपछि नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन् । 

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा विदेशी पाहुनासहित झण्डै ६ हजार व्यक्तिका बीच भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नरेन्द्र मोदी र मन्त्रिमण्डलका सदस्यहरुलाई सपथ खुवाएका हुन् । नरेन्द्र मोदीले भारतको १५औँ प्रधानमन्त्रीका रुपमा सपथ लिएका हुन् । 

नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा किर्गिस्तानका राष्ट्रपति सुरोनबी जीनबेकोव तथा बिमस्टेक राष्ट्रका सरकार प्रमुखहरु उपस्थित भएका छन् । मोदीको सपथ ग्रहणमा सहभागी हुने विशिष्ट पाहुनाहरुमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भुटानका प्रधानमन्त्री लोते छिरिङ, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा र मौरिससका प्रधानमन्त्री प्रविन्द जगनाथ रहेका छन् ।

पहिलो कार्यकालमा नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) देशका सरकार प्रमुखलाई बोलाइएको थियो । त्यसबेला नेपालबाट तत्कालीन प्रधानमन्त्री सुशील कोइराला तथा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरीफलगायतका सार्क नेताहरु सहभागी थिए ।

यसपटक भने पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भारतले निम्तो नै पठाएन । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने विशेष कारणवश सहभागी हुन नसक्ने जनाएकी थिइन् । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद समारोहमा उपस्थित थिए । 

त्यस्तै श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना पनि सपथ ग्रहण समारोहमा उपस्थित थिए। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धी तथा यूपीए अध्यक्ष सोनिया गान्धी पनि उपस्थित थिए ।  त्यस्तै खेलाडी तथा बलिउडका कलाकारहरु पनि सपथ ग्रहण समारोहमा उपस्थित थिए ।

मोदीको दोस्रो कार्यकालमा मन्त्रिमण्डलमा भने केही फेरबदल भएको छ । यस पटक बीजेपी अध्यक्ष अमित शाहलगायत केही नयाँ अनुहार मन्त्रिमण्डलमा समेटिएका छन् । भारतका पूर्व विदेश सचिव एस जयशंकर समेत मोदी सरकारमा समेटिएका छन् । 

चीनबारे राम्रो जानकार भएका पूर्व सचिव जयशंकरलाई विदेश मन्त्रीको जिम्मेवारी दिन सकिने बुझिएको छ । कसलाई कुन मन्त्रीको जिम्मेवारी दिने कुरा नतोकिए पनि प्रधानमन्त्री मोदीपछि अमित शाहलाई दोस्रो नम्बरमा राखिएको छ । अघिल्लो पटक गृहमन्त्री बनेका राजनाथ सिंह भने तेस्रो नम्बरमा परेका छन् । यसअघि विदेश मन्त्री रहेको सुषमा स्वराज र मन्त्री रहेकी उमा भारती भने यस पटकको मोदी टिममा अटाएनन् ।

त्यस्तै ३५२ सिट जितेको एनडीए गठबन्धनको प्रमुख घटक दल जनता दल युनाइटेड भने अहिलेलाई सरकारमा नजाने भएको छ । 

प्रधानमन्त्री

नरेन्द्र मोदी 

केन्द्रीय मन्त्रीहरु

राजनाथ सिंह
अमित शाह
नितिन गडकरी
सदानन्द गौडा
निर्मला सीतारमण
रामविलास पासवान
नरेन्द्रसिंह तोमर
रविशंकर प्रसाद
हरसीमरत कौर बादल
थावर चंद गहलोत
एस जयशंकर
रमेश पोखरियाल निशंक
अर्जुन मुण्डा
स्मृति इरानी
डाक्टर हर्षवर्धन
प्रकाश जावडेकर
पियूष गोयल
धमेन्द्र प्रधान
मुख्तार अब्बास नकवी
महेन्द्रनाथ पाण्डेय
अरविन्द सांवत
गिरिराज सिंह
गजेन्द्रसिंह शेखावत 
प्रह्लाद जोशी

राज्य मन्त्रीहरु

सन्तोषकुमार गंगवार
राव इन्द्रजित सिंह
श्रीपद नाइक
डाक्टर जितेन्द्र सिंह
किरेन रिजीजु
प्रह्लादसिंह पटेल
राजकुमार सिंह
हरदीप पुरी
मनसुख मंडाविया
फग्गन सिंह कुलस्ते
अश्विनीकुमार चौबे
अर्जुनराम मेघवाल
वीके सिंह
किशनपाल गुर्जर
दादा साहेव धानवे
जी किशन रेड्डी
पुरुषोत्तम रुपाला
रामदास अठावाले
साध्वी निरन्जन ज्योति
बाबुल सुप्रियो
सञ्जय बालियान
सञ्जय शामरा
अनुराग ठाकुर
सुरेश अंगाडी
नित्यानन्द राय
रतनलाल कटरिया
भी मुरलीधरन
रेणुका सिंह सरुता
रामेश्वर तेली
प्रतापचन्द्र सारंगी
कैलाश चौधरी
देवश्री चौधरी
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया