बझाङमा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

 जेठ १७, २०७६ शुक्रबार ८:८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – सुर्मा गाँउपालिका –४ सुर्मागाउँमा एक महिलाको विभत्स हत्या भएको छ । लछिचन्द पुजाराकी श्रीमती २५ वर्षीय जुना पुजाराको हसियाले घाँटी रेटी हत्या भएकोे बझाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर केसीले जानकारी दिनुभयो । 

पुजाराको हत्या घरायसी विवादका कारण अत्याधिक रक्सी सेवन गरी उनकै छिमेकी अन्दाजी ३५/३६ वर्षका लोकेन्द्र पुजाराले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । हत्या गर्ने पुजारालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया