कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
महोत्तरी – औरहीमा ३० लाख रुपैयाँको लागतमा निर्मित नाला निर्माण भएको दुई हप्ता नबित्दै भत्किएको छ । नगरपालिका कार्यालय नजिकै रहेको नाला भत्किएपछि स्थानीयबासिन्दा नगरपालिकाको कार्यप्रति असन्तुष्ट भएका छन् ।
नाला बनाउँदा कमसल ईट्टाको प्रयोग र अधिक मात्रामा बालुवा प्रयोग गरिएपछि हल्का वर्षा भएलगतै भत्किएको स्थानीय धर्वेन्द्र कुमार यादवले बताउनुभयो । असारे विकासको नाममा जनप्रतिनिधिले आफ्ना कार्यकर्तालाई उपभोक्ता समितिमा राखेर कमिशन खाने पुरानो प्रवृति अझ कायमै रहेको गौशाला नगरपालिकाका प्रदीप कुमार महतोले गुनासो गर्नुभयो । गाउँघरमा सिंहदरबारको सिंह मात्र आएको, तर दरबार नआएको उहाँले टिप्पणी गर्नुभयो ।
नगरप्रमुख सुनिल कुमार यादवले प्राविधिक पक्षको कमी कमजोरी रहेको स्वीकार गर्नुभयो । आफूलाई प्राविधिकपक्षको बारेमा जानकारी नभएपछि विकास निर्माणको काम गुणस्तरहीन हुन पुगेको भन्दै अब विकास निर्माणको कार्यमा सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।