सुर्तीजन्य पदार्थ सेवनका असरबारे जनचेतना आवश्यक: स्वास्थ्यमन्त्री यादव

 जेठ १७, २०७६ शुक्रबार १४:२:९ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डाै - उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुर्तीजन्य पदार्थ सेवन गर्न कानूनले निषेध गर्नेभन्दा यसले पार्ने असरका बारेमा जनचेतना जगाएर नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभएकाे छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारा सकार बनाउन सबै जना स्वस्थ हुनैपर्नैमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारले बर्सेनि सुर्तीजन्य पदार्थमा करकाे दायरा वृद्धि गरिरहेको छ । नियन्त्रणका लागि कानून कार्यान्वयन गरिरहेको छ । सेवनकर्ता कम नभएको तथ्याङ्क आएका छन् । जनचेतना नै नियन्त्रणको सबैभन्दा राम्रो माध्यम हाे ।’

स्वास्थ्यमन्त्री यादवले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्नेसम्बन्धी ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयनमा मन्त्रालयले उच्च प्राथमिकता दिने प्रतिबद्धता पनि जनाउनुभयो  । 

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले सुर्तीजन्य पदार्थ सेवनका कारण मुटु तथा मिर्गौला क्यान्सर जस्ता नसर्ने रोगको सङ्ख्यामा वृद्धि भइराखेको बताउनुभयो । उहाँले यसलाई नियन्त्रण गर्न सुर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन भन्ने जनचेतना जगाउनु आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आफ्नो प्रदेशमा सुर्तीजन्य पदार्थले निम्त्याउने रोगका बारेमा अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो  ।

पूर्वस्वास्थ्यमन्त्री तथा सांसद खगराज अधिकारीले सांसद विकास कोषको रकम सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न कार्यविधि बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सुर्य टोवाको कम्पनिले जहिले पनि आफ्नो विरोध गदै चन्दा दिएकोछौ भनेर धम्क्याउने गरेता पनि नागरिक मारेको धन हामी लिदैनौ भन्नुभयो । 

त्यस्तै जनकपुर चुरोट कारखाना ब्युताउने भन्दा पनि त्यो ठाउँमा औषधीको कारखाना बनाउनु पर्नैमा जोड दिनुभयो । अहिले नेपालमा किशोरकिशोरीले  धूमपानको बढी सेवन रहेको विभिन्न तथ्याङ्कले  देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन्। यसको ४८ प्रतिशत  पुरुष रहेका छन् भने १४ प्रतिशत महिला रहेका छन् ।

सुर्तीजन्य पदार्थ सेवनले निम्त्याउने रोगका कारण बर्सेनि नेपालमा २५ हजारको अकालमा मृत्यु हुने गरेको छ ।

चिकित्सकहरुका अनुसार सुर्तीजन्य पदार्थ चुरोट, पान, गुट्खा, बिँडी, हुक्का सेवनले फोक्सोमा धेरै समस्या निम्त्याउँछ । यसले सीओपीडी (क्रोनिक अब्सट्रक्टिभ पल्मनरी डिजिज) दम, क्यान्सर तथा क्षयरोगको जोखिम गराउँछ । धूमपानका सात प्रकारका हानिकारक रसायन हुने र तीमध्ये ६९ प्रकारका क्यान्सरजन्य रसायन हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । धूमपान गर्नेले उडाएका धुवाँको असरले विशेषगरी बालबालिका तथा गर्भवती महिलाको स्वास्थ्यमा बढी असर पर्ने गर्दछ ।

यसै कार्यक्रममा, स्वास्थ्यमन्त्री ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कार गण्डकी प्रदेसकी मन्त्री नरदेवी पुन, सांसद खगराज अधिकारी, सहसचिव रामकृष्ण सुवेदी, स्वास्थ्य पत्रकार मञ्च, नयाँ पत्रिका दैनिक तथा गोरखापत्रका सरोज ढुङगेललाई वितरण गरिएको थियो । यो  पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । सुर्तीजन्य पदार्थ सेवनले गर्नै असरका बारेमा ठूलो योगदान पुर्‍याएकाले भनेर यो पुरस्कार प्रदान गरिएको हो ।  
 

अन्तिम अपडेट: बैशाख २, २०८१

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया