विश्वकप क्रिकेट : वेष्ट इन्डिजलाई पाकिस्तानले दियाे मात्र १०६ रनकाे विजयी लक्ष्य

 जेठ १७, २०७६ शुक्रबार १७:१७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवसीय विश्वकपको दोस्रो दिनको खेलमा पाकिस्तानले वेष्ट इन्डिजलाई १०६ रनको लक्ष्य दिएको छ ।

नोटिङघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान २१ ओभर ४ बलमा १०५ रनमा अलआउट भयो । निकै कमजोर ब्याटिङ गरेको पाकिस्तानले १७ रनमा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि ३५ रन बनाउँदा दोस्रो विकेट खेर फालेको उसले ४५ रनमा तेस्रो विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको पाकिस्तानका कुनै पनि खेलाडीबीच राम्रो साझेदारी हुने सकेन । वेष्ट इन्डिजको बलिङ अगाडि कमजोर देखिएको पाकिस्तानका लागि फकर जमान र बाबर आजमले समान २२–२२ रन बनाउँदा मोहम्मद हफिजले १६ रन जोडे । अन्तिममा वहाब रियाजले १८ रन थपेका थिए ।

पाकिस्तानको पारीलाई ध्वस्त पार्ने क्रममा जेसोन होल्डरले ३ तथा ओसाने थोमसले ४ विकेट लिए । त्यस्तै आन्द्रे रसेलले दुई विकेट हात पारे ।

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया