प्रधानमन्त्रीद्वारा स्वर्गीय रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानकाे उद्घाटन

 जेठ १८, २०७६ शनिबार १९:२५:५३ | सुमन गुरुङ
unn.prixa.net

कास्की - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको नाममा बनेकाे रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । 

शनिबार पोखरा सभागृहमा उहाँले प्रतिष्ठानको उद्घाटन गर्नुभएको हो । उद्घाटनपछी बोल्दै प्रम ओलीले स्वर्गीय अधिकारी मेहनती, लगनशील, कर्तव्यनिष्ठ भएको  र देशले एक असल नेता गुमाउनुपर्दा निकै दुःख लागेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले वाइडवडी जहाज खरिद प्रकरणमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको बताउँदै अदालतले प्रमाणित नगरी कसैलाई पनि भ्रष्टचारी भन्न नपाइने पनि बताउनुभयो । 

त्यस अवसरमा सरकारको तर्फबाट प्रतिष्ठानलाई एक करोडको अक्षय कोषका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रतिष्ठानलाई सरकारकाे सहयोग सदैव रहने पनि बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिष्ठानलाई आफूहरुले नजिकबाट सहयोग गर्ने बताउनुभयो । 

स्वर्गीय अधिकारीकी धर्मपत्नी विद्या भट्टराई अध्यक्ष रहेको प्रतिष्ठानमा ३५ सदस्यीय तदर्थ समिति रहने छ भने ४५ सदस्यीय सल्लाहकार समिति रहने  अध्यक्ष विद्या भट्टराईले जानकारी दिनुभयो ।

प्रतिष्ठानले अधिकारीको सपनालाई साकार पार्न राज्यलाई सहयोग पुग्नेगरी जनशक्ति उत्पादनमा सहयोग गर्ने र त्यसका लागि प्रतिष्ठानले विश्वविद्यालय स्थापना गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: चैत ६, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया