उज्यालोकर्मी तामाङलाई सुजल स्मृति पत्रकारिता पुरस्कार

 जेठ १९, २०७६ आइतबार १४:४५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाेलखा - दोलखाकी उज्यालो सहकर्मी उषा तामाङ सुजल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । 

उज्यालो सहकर्मी तामाङलाई अपाङ्गता र बालबालिकाको सहयोगका लागि पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै आइतबार नगद ५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएकाे हो ।

तामाङलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाले सुजल फाउण्डेशन भिमेश्वर नगरपालिका वडा नम्बर-२ को सहयोगमा याे पुरस्कारकाे स्थापना गरेको हो । यसैबीच महासंघले प्रदान गर्ने अन्य ४ विधाका पुरस्कारमध्ये विकास पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो प्रसारक संघ अकोर्‍याबका केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, हेमकृष्ण कुमारी प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कारबाट रेडियो शैलुङ दोलखाकी स्टेशन म्यानेजर विनिता शिवाकोटी, इन्द्रमणि पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिकका जिल्ला संवाददाता श्याम खतिवडा र गणतान्त्रिक पत्रकारिता पुरस्काबारट पत्रकार दिपशंकर चौलागाई सम्मानित हुनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया