विश्वकप क्रिकेट: दक्षिण अफ्रिकाकाे लगातार दोस्रो हार, बंगलादेश २१ रनले विजयी

 जेठ २०, २०७६ सोमबार ६:२८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आइसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले लगातार दोस्रो हार ब्यहोरेको छ । विश्वकपको पहिलो खेलमा नै जित निकाल्ने क्रममा बंगलादेशले दक्षिण अफ्रिकालाई २१ रनले हरायो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले सुरुवातदेखि नै राम्रो गर्यो । बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३० रन बनाएको थियो । उसका लागि शकिब अल हसन र मुस्फिकर रहिमले उत्कृष्ट साझेदारी गरे ।

तेस्रो विकेटका लागि हसन र रहिमले १ सय ४२ रनको साझेदारी गरे । ब्यक्तिगततर्फ हसनले ७५ रन बनाए भने रहिमले ७८ रनको योगदान दिए ।

यस्तै महमुदुल्लाहले ४६ रन, शौम्य सरकारले ४२ रन बनाए भने मोसादेक हुसेनले आक्रामक रुपमा २६ रनको योगदान दिए । उनले २० बलमा २६ रन बनाएका थिए ।

बलिङतर्फ एन्डिल फेलुकवायो, क्रिश मोरिस र इम्रान ताहिरले दुई दुई विकेट लिए ।

जवाफमा दक्षिण अफ्रिकाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २१ रन बनायो । मध्यम सुरुवात गरेको उसले ४९ रनमा पहिलो विकेट गुमायो । त्यसपछि १ सय २ रन बनाउँदा दोस्रो विकेट खेर फालेको दक्षिण अफ्रिकाले स्कोरबोर्डमा १ सय ४७ रन बनाउदा तेस्रो विकेट खेर फाल्याे ।

तर त्यसपछि उसका अरु तीन खेलाडीबीच राम्रो साझेदारी हुन नसक्दा २ सय ५२ रनमा ६ विकेट गुमाउन पुग्यो । उसका लागि कप्तान फाफ डुप्लिसिसले ६२ रन बनाउदा डेविड मिलरले ३८ तथा हि भान डेर डुसेनले ४१ रनको योगदान गरे । यस्तै क्विन डी ककले २३ तथा एडीम मक्रमले ४५ रन जोडे ।

उसका लागि सबै खेलाडीले महत्वपुर्ण योगदान गरे पनि जेपी डुमिनी आउट भएपछि दबाबमा आएको थियो । उनले ४५ रन बनाए । अन्तिम ओभरमा दक्षिण अफ्रिकालाई जितका लागि ३३ रन चाहिएको थियो । तर पुरा गर्न सकेन ।

बलिङमा मुस्ताफिजुर रहमानले तीन तथा मोहम्मद सेफुदीनले दुई विकेट लिए । दक्षिण अफ्रिका पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको थियो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया