मिडिया काउन्सिल विधेयक फिर्ता लिन प्रेस स्वतन्त्र सेनानीहरुकाे माग

 जेठ २०, २०७६ सोमबार १४:४४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता गर्न चौतर्फी माग बढिरहेको छ । प्रेस स्वतन्त्र सेनानीहरुले विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउन विधेयक फिर्ता लिएर छलफलपछि मात्रै प्रक्रियामा लैजान माग गरेका छन् । 

स्वतन्त्र सेनानीहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र न्यायिक स्वतन्त्रताको आन्दोलनप्रति ऐक्यबद्धता पनि जनाएका छन् ।  

सरकारले संसदमा दर्ता गरेको विधेयक नेपालको संविधान, लोकतान्त्रिक मूल्य र मान्यता एवं, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध रहेको भन्दै उनीहरुले विधेयक फिर्ता लिनुको विकल्प नभएको उल्लेख गरिएको छ ।  

स्वतन्त्र सेनानीहरु अर्जुन ज्ञवाली, भैरव रिसाल, हरिहर विरही, गोपाल गुरागाई, सुरेश आचार्य, किशोर नेपाल, धर्मेन्द्र झालगायत ३३ जना स्वतन्त्र सेनानीले विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया