व्यापक विराेधसँगै अमेरिकी राष्ट्रपति ट्रम्पलाई बेलायतमा राताे कार्पेट !

 जेठ २०, २०७६ सोमबार १५:२०:५८ | रासस
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको तीन दिने राजकीय भ्रमणका सिलसिलामा लन्डन आइपुगेका छन् । 

लण्डन ओर्लानासाथ राष्ट्रपति ट्रम्पले लन्डनका मेयर सदिक खानविरुद्ध घृणामिश्रित आलोचना गर्दै ट्वीटसमेत गरेका छन् । विरोधका बीच राष्ट्रपति ट्रम्पलाई बेलायत सरकारले रातो कार्पेट बिछ्याएर स्वागत गरेको छ ।

राष्ट्रपति ट्रम्प बेलायतकी महारानी एलिजाबेथ द्वितीयले आयोजना गर्ने राजकीय रात्रिभोजमा सहभागी हुनेछन् ।

राष्ट्रपति ट्रम्पले गरेकाे ट्वीटमा अमेरिकाको महत्वपूर्ण साझेदार देश बेलायतको भ्रमण गर्दा आफूलाई लण्डनका मेयर सदिक खानले गरेको व्यवहार मूर्खतापूर्ण रहेको बताएका छन् । यी दुवै नेताबीच बेलाबखत एकअर्काका नीतिमाथि ट्वीटर मार्फत सार्वजनिक रुपमै आरोप प्रत्यारोप हुने गरेको छ ।

लण्डनका मेयर सदिक खान

ट्रम्पले भनेका छन्, 'खानले लण्डनका बारेमा चिन्ता लिए पुग्छ, मेरा बारेमा होइन ।' खानले आइतबार एक अखबारमा लेख लेख्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई सन् १९३० र १९४० को दशकका युरोपेली अधिनायकवादी नेतासँग तुलना गरेका थिए  । 

राष्ट्रपति ट्रम्पको भ्रमणका क्रममा सोमबार र मंगलबार लन्डनमा दुईवटा विशाल प्रदर्शनका तयार भएका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया