पीएम कप : सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै प्रदेश ३ सेमिफाइनलमा

 जेठ २०, २०७६ सोमबार १६:३४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रदेश नम्बर ३ प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी मैदानमा भएको खेलमा सुदूर पश्चिम प्रदेशलाई ६ विकेटले हराउँदै प्रदेश ३ ले अन्तिम चारको यात्रा पक्का गरेको हो ।

प्रदेश ३ ले चार खेलबाट ६ अंक बनाएको छ । रनरेटमा अघि रहँदै प्रदेश ३ समूह ए को विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको प्रदेश ३ ले सुदूरपश्चिमले दिएको १५५ रनको सामान्य लक्ष्य ३३ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।

प्रदेश ३ को जितमा इशान पाण्डेले ५३ रनको योगदान दिए भने अदिल खानले अविजित ३३ रन बनाए । उनीसँगै कप्तान पारस खड्काले २६ रन जोडे । ओपनर रित गौतमले ११ र रविन जोशीले १३ रन बनाए । 

यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको सुदूरपश्चिमले ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो । उसका लागि खडक बोहराले सर्वाधिक ४० रन बनाए भने रोशन अधिकारीले २७ र नरेश बोहराले २६ रन जोडे ।

सुदूरपश्चिमको ब्याटिङलाई सस्तैमा समेट्नका लागि सूर्य तामाङले तीन विकेट लिए भने प्रतिश जिसी र जितेन्द्र सिंह ठकुरीले समान दुई/दुई विकेट लिए । त्यस्तै नन्दन यादव र पारस खड्काले पनि समान एक/एक विकेट हात पारे । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया