भारतीय वायुसेनाकाे विमान चिनियाँ सीमानजिकै बेपत्ता

 जेठ २०, २०७६ सोमबार १६:४६:१९ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

भारतमा क्रू मेम्बरसहित तेह्र जना यात्री चढेको एयर फोर्स विमान एएन ३२ दिउँसोको १ बजेदेखि सम्पर्कमा आउन सकेको छैन ।

भारतीय वायुसेनाको विमान आसामको झाेरहाटबाट अरुणाञ्चलमा रहेकाे मेचुका उपत्यकाका लागि उडेको थियो ।  दिउँसोको १२ : २५ मा बजे उडेको विमान एक बजेतिर सम्पर्कमा आएको थियो । त्यसपछि भने विमान सम्पर्कमा आएको छैन । विमान चीनकाे सीमानामा हराएकाे आश‌ंका गरिएकाे छ ।

भारतीय सञ्चार माध्यमका अनुसार विमानमा ८ जना क्रू मेम्बर र पाँच जना यात्रुसहित १३ जना चढेका थिए । विमानलाई खोज्नको लागि अहिले सबै उपलब्ध साधनको प्रयोग भइरहेको छ । तर अहिलेसम्म भने विमानको बारेमा केही पनि जानकारी आउन सकेको छैन ।

एएन ३२ विमान तीन वर्ष पहिले पनि हराएको थियो । जसमा भारतीय वायुसेनाका १२ जवान, ६ क्रू मेम्बर, एक नौसैनिक, एक सेनाका जवान र एकै परिवारका ८ जना सदस्य थिए । 

त्यसको खोजी कार्यको लागि आठवटा विमान, एक पनडुब्बी र तीन पोतको प्रयोग गरिएको थियो । तर पनि त्यो विमान आजसम्म भेटाउन सकिएको छैन ।  त्यस घटनालाई एउटा रहस्य मानिएको छ ।
 

अन्तिम अपडेट: भदौ २७, २०७६

1 Comments

  • चुतिया

    June 3, 2019, 7:48 p.m.

    कस्तो अचम्म

  •  0 Reply

तपाईको प्रतिक्रिया