दक्षिण अफ्रिकी बलर एन्गिडी १० दिनका लागि विश्वकप बाहिर

 जेठ २०, २०७६ सोमबार १७:३८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुंगी एन्गिडी घाइते भएपछि १० दिनका लागि विश्वकप बाहिर भएका छन् । बंगलादेशविरुद्धको खेलमा ह्यामस्ट्रिङको समस्या भएपछि उनी प्रतियोगिताबाट बाहिर भएका हुन् ।

दक्षिण अफ्रिकी टिमका चिकित्सक मोहम्मद मूसाजीले भने, ‘एन्गिडीको बायाँ घुँडामा धेरै समस्या भएकाले उनी केही समय टिम बाहिर बस्ने छन् ।’ एन्गिडी १० तारिखमा वेस्टइण्डिजविरुद्धको खेल अघि फिट हुने अपेक्षा गरिएको छ ।

लुंगी घाइते भएको अवस्थामा दक्षिण अफ्रिकालाई अर्को भने राहतको खबर आएको छ । ओपनिङ ब्याट्सम्यान हाशिम अमला फिट भएका छन् । उनी पाँच तारिखमा भारतविरुद्धको खेलमा खेल्ने छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया