विश्वकप क्रिकेट : पाकिस्तानले इंग्ल्याण्डलाई दियो ३४९ रनको विजयी लक्ष्य

 जेठ २०, २०७६ सोमबार १९:१८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

एकदिवसीय विश्वकप क्रिकेटमा सोमबारको खेलमा पाकिस्तानले इंग्ल्याण्डलाई ३४९ रनको विजयी लक्ष्य दिएको छ । 

नटिङ्घममा टस हारेर पहिले ब्यटिङमा उत्रिएको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३४८ रन बनाएको हो ।

पाकिस्तानका लागि मोहम्मद हफीजले सर्वाधिक ८४ रन बनाए । उनले ६२ बलमा ८ चौका र २ छक्काको सहयोगमा ८४ रन बनाएका हुन् । त्यस्तै बाबर आजमले ६६ बलमा चार चौका र एक छक्काको सहयोगमा ६३ रन बनाए । त्यस्तै कप्तान सरफराज अहमदले ५५ रन बनाए । ४४ बल सामना गरेका सरफराजले ५ चौका प्रहार गरे । 

त्यस्तै इमाम उल हकले ४४ रन बनाउँदा फखर जमानले ३६ तथा असिफ अलीले १४ रन बनाए । 

इंग्ल्याण्डका लागि क्रिस वोक्स र मोइन अलीले ३–३ विकेट लिए । त्यस्तै मार्क वुडले २ विकेट लिए । 


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया