चीनको सीमा नजिकैबाट हराएको भारतीय वायुसेनाको विमान अझै भेटिएन

 जेठ २१, २०७६ मंगलबार ९:१८:४९ | एजेन्सी
unn.prixa.net

भारतीय वायुसेनाको हराइरहेको विमानको खोजी भैरहेको छ । यसका लागि थप सेनाको पनि सहयोग लिइरहेको छ ।

वायुसेनाको एएन–३२ विमान आइतबार चीनको सीमा नजिकैबाट सोमबार हराएको थियो । विमानको खोजी कार्य रातभर भैरहेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । 

भारतीय वायुसेनाकाे विमान चिनियाँ सीमानजिकै बेपत्ता

विमान खोजी अभियानमा विशेष अपरेशनमा प्रयोग हुने एयरक्राफ्ट सी–१३०, एएन–३२ एस, एमआई–१७ चोपर र थलसेनाका विभिन्न आधुनिक हेलिकोप्टर प्रयोग गरिएको छ ।

चालकदलका आठ सदस्यसहित १३ जना यात्री चढेको एयर फोर्स विमान एएन ३२  सोमबार दिउँसोको १ बजेदेखि सम्पर्कमा आउन सकेको छैन ।

भारतीय वायुसेनाको विमान आसामको झोरहाटबाट अरुणाञ्चलमा रहेको मेचुका उपत्यकाका लागि उडेको थियो । सोमबार दिउँसो सवा १२ बजे उडेको विमान एक बजेतिर सम्पर्कमा आएको थियो । त्यसपछि भने विमान सम्पर्कमा आएको छैन ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया