नेकपाको सचिवालय बैठक अनिर्णित, जिल्ला इञ्चार्जकाे मापदण्डमा नेताहरु विभाजित

 जेठ २१, २०७६ मंगलबार १८:४०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन र जिल्ला कमिटीको इञ्चार्ज सह-इञ्चार्ज तोक्ने बारेमा निर्णय लिन सकेन । 

नेताहरुबीच सहमति हुन नसकेपछि निर्णय हुन नसकेको हो । जिल्ला कमिटीको इञ्चार्ज  र सह-इञ्चार्ज तोक्नेबारे नेताहरुबीच मापदण्डमा नै सहमति हुन नसक्दा निर्णय हुन नसकेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल र इश्वर पोखरेल मन्त्री, सांसद रहेकालाई पनि जिल्ला कमिटीको इञ्चार्ज र सह-इञ्चार्ज बनाउनु पर्ने पक्षमा रहेका छन् माधव नेपालसहितका नेताहरु दोहोरो जिम्मेवारी दिन नहुने भनेपछि निर्णय हुन नसकेको एक नेताले बताए । 

यसैमा सहमति नजुट्दा केन्द्रीय सदस्यहरुको कार्यविभाजन पनि पछि धकेलिएको ती नेताको भनाइ छ । 

मंगलबारको बैठकमा निर्णय हुन नसके पनि बुधबार पुनः बैठक बस्ने छ । बुधबार बस्ने बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सह-इञ्चार्जको टुंगो लगाईने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताउनुभयो । 

सहमति जुटाउन भन्दै आजै दुई पटकसम्म बैठक बसेको थियो । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया