मुख्यमन्त्रीहरुले कामै गर्न नसकेकाे नेकपा सांसद झाँक्रीकाे आराेप

 जेठ २१, २०७६ मंगलबार १८:२२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीले प्रदेश सरकारका मुख्यमन्त्रीहरुले कामै गर्न नसकेको आरोप लगाउनु भएको छ । 

सांसद झाँक्रीले पूँजीगत खर्चसमेत गर्न नसकेको संघीय सरकारले बजेट कम दियो भनेर आलोचना नगर्न पनि प्रदेश सरकारलाई सचेत गराउनुभयो । मंगलबार काठमाण्डौमा आयोजित ‘बजेटमा युवा बहस’ कार्यक्रममा बोल्दै उहाँले आफू काम नगर्ने तर संघीय सरकारले संघीयतालाई कमजोर बनायो भन्ने छुट प्रदेश सरकारलाई नरहेको पनि स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसद प्रकाश रसाइलीले सरकारले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने गरी बजेट ल्याउन नसकेको बताउनुभयो । उहाँले युवाहरुलाई परिचालन गरेर देश बनाउने अभियानमा सरकार क्रियाशील नभएको दाबी पनि गर्नुभयो ।

सांसद रसाइलीले युवाहरुलाई स्वदेशमै परिचालन गर्न सके मात्रै देश समृद्धिको बाटोमा अग्रसर हुने स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया