सलमानका कारण भन्सालीको फिल्मबाट बाहिरिइन् प्रियंका चोपडा

 जेठ २१, २०७६ मंगलबार २०:३२:५५ | एजेन्सी
unn.prixa.net

अभिनेत्री प्रियंका चोपडा फिल्म निर्माता सञ्जयलीला भन्सालीका साथ फिल्म ‘बाजीराव मस्तानी’ पछि एक पटक फेरि काम गर्ने कुराले निकै उत्साहित थिइन् । तर अब भने उनले यस फिल्ममा काम गर्ने अवसर गुमाइसकेकी छिन् ।

प्रियंकाले यस फिल्ममा काम गर्न नपाउनुको पछाडिका कारण सलमान खान हुन् । प्रियंकाले जति उत्साहित भएर सञ्जयलीला भन्सालीको अब आउने फिल्म साइन गरेकी थिइन् त्योभन्दा बढी निरास भएर उनले यस फिल्मबाट बाहिरिनु परेको छ । 

सलमान खान  र प्रियंका चोपडाबीचको मनमुटावको लामो इतिहास नै रहेको छ । केही वर्षअघि डेविड धवनको फिल्म ‘मुझसे सादी करोगे’ मा सलमान खानले प्रियंकाका साथ काम गर्न अस्वीकार गरिदिएका थिए । फिल्मका दोस्रो अभिनेता अक्षयले पनि प्रियंकाका साथ काम नगर्ने भनेका थिए । तर त्यो अर्कै कथा थियो ।

तर सलमान खान र प्रियंकाबीचको मनमुटाब त्यति बेला झनै बढ्यो भयो जुन बेला प्रियंका आफैले निर्देशक अली अब्बास जफरसँग फिल्म ‘भारत’ मा सलमान खानको अपोजिट कास्ट गर्न अनुरोध गरिन् । निर्देशकले सलमानलाई मनाउनका लागि पटक–पटक गरेको कोसिसपछि सलमानले पनि हुन्छ भने तर फेरि अन्त्यमा आएर प्रियंकाले फिल्म छोडिदिइन् । त्यही बेलादेखि सलमान खान र प्रियंका चोपडाबीचको सम्बन्ध बिग्रिएको थियो । 

त्यसपछि सलमान खानका नजिकका साथीहरुले अब सलमान खान र प्रियंका चोपडालाई एकसाथ एउटै फिल्ममा हेर्नका लागि यो जुनीमा सम्भव नरहेको बताएका थिए । अहिले सञ्जयलीला भन्सालीका अगाडि पनि २ वटा अप्सन थिए । र उनले सलमान खानलाई रोज्दै प्रियंका चोपडालाई बाहिरको बाटो देखाइदिए । 

 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया