सांसद लामाले दिए दोलखाका स्थानीय तहलाई एम्बुलेन्स र शववाहन

 जेठ २१, २०७६ मंगलबार २०:३:५९ | उषा तामाङ
unn.prixa.net

दोलखा – संघीय सांसद जिपछिरिङ लामाले दोलखाका स्थानीय तहलाई एम्बुलेन्स र शववाहन सहयोग गर्नुभएको छ ।

सांसद लामाले आफ्ना स्वर्गीय बुबाआमाको सम्झनामा स्थापना गर्नुभएको तेङिमादाडोमा स्मृति प्रतिष्ठानबाट मंगलबा ४ वटा एम्बुलेन्स र २ वटा शववाहन हस्तान्तरण गर्नुभएको हो । 

सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा जिल्लाको भीमेश्वर नगरपालिका र जिरी नगरपालिकालाई शव वाहन हस्ताण्तरण गरिएको छ । त्यस्तै जिरीस्थित जिल्ला अस्पताल, वैत्यश्वर गाउँपालिका, गौरीशंकर गाउँपालिका र शैलुङ गाउँपालिकालाई एक–एक वटाका दरले एम्बुलेन्स हस्ताण्तरण गरिएको छ । 

प्रतिष्ठानबाट यसअघि मंसिर २३ गते काठमाण्डौमा कार्यक्रम आयोजना गरी कालिन्चोक, विगु, तामाकोशी र मेलुङ गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिसकिएको छ । 

योसँगै तेङिमा–दाडोमा स्मृति प्रतिष्ठानले जिल्लाको नौवटै स्थानीय तहलाई एम्बुलेन्स सहयोग गरेको छ । जिल्लाका २ वटा नगरपालिका र ७ वटा गाउँपालिकामा एम्बुलेन्स पुगेको छ । 

शववाहन आएपछि सहज

दोलखामा हालसम्म एउटा पनि शववाहन नभएको अवस्थामा तेङिमा दाडोमा प्रतिष्ठानले शववाहन सहयोग गरेपछि सहज भएको छ । मृत शरीर एक ठाउँबाट अर्को ठाउँ लैजानका लागि हजारौँ रुपैयाँ तिर्नुपर्ने बाध्यताबाट दोलखावासी मुक्त भएका छन् । विविध कारणले मृत्युवरण गरेका आफन्तलाई अन्तिम संस्कारका लागि लैजाने क्रममा निजी सवारी साधनलाई हजारौँ रुपैयाँ तिर्नुपर्ने बाध्यता थियो ।

प्रतिष्ठानबाट जिरी र भीमेश्वर नगरपालिकालाई शववाहन हस्तान्तरण भएसँगै अब जिल्लावासीलाई सहज भएको छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया