शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
बारा - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ बारामा घुससहित एक जना जनप्रतिनिधिसहित दुई जनालाई पक्राउ गरेको छ।
हेटौडास्थित आयोगको टोलीले बाराको महागढीमाई नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष रामजीप्रसाद बरैलाई मंगलबार साँझ दुई लाख ७५ हजार रुपैयाँ घुससहित कलैया उपमहानगरपालिका-७, बाट पक्राउ गरेको हो।
विकास निर्माणका योजना पारिदिने भन्दै वडाध्यक्ष बरैले एकजना सेवाग्राहीसँग रकम लिएको अख्तियारले जनाएको छ। बरैसँगै उनका एकजना सहयोगी पनि पक्राउ परेका छन्।
जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।