अस्पताल नपुर्‍याएकाे भए डा. केसीको अवस्था भन्न सकिँदैनथ्यो : चिकित्सक

 असार २०, २०७५ बुधबार १९:५६:० | नेत्र शाही
unn.prixa.net

जुम्ला – जुम्लामा अनसरत डाक्टर गोविन्द केसीलाई बुधबार अस्पताल पुर्याइएको छ । 

जिल्ला खेलकुद विकास समितिको खुला कभर्ड हलमा  ५ दिनदेखि अनसनमा रहेका डाक्टर केसीको अवस्था गम्भीर भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले उठाएर एम्बुलेन्समा अस्पताल पुर्याएका डाक्टहहरुले सिधै निगरानी नभएको भएअवस्था के हुन्थ्यो भन्न नसकिने बताएका छन् । 

‘एक्कासि मृगौला दुख्यो भनेर डाक्टर केसीले भनेपछि हामीले कतै नहेरी अस्पताल पुर्याएका थियौँ’, अस्पताल पुर्याउने टोलीका फिजियो थेरापिष्ट विष्णुदत्त आचार्यले बताउनुभयो ।

‘यदि नपुर्याएको भए भन्न सकिँदैनथ्यो’, प्रतिष्ठानका डाक्टर विनोद अर्यालले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, ‘एक्कासि पेट दुखेपछि हामीले आफै उद्धार गर्यौँ । यदि आधा घण्टा मात्रै ढिला हुन्थ्यो भने ज्यान जाने अवस्था पनि थियो ।’

 अनसनस्थलमा गम्भीर र जोखिम अवस्थामा भएपछि अस्पताल ल्याएको मेडिकल डाइरेक्टर डा.पुजन रोकायाले जानकारी दिनुभयो । 

 डाक्टर केसीलाई अस्पताल पुर्याएपछि सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा, प्रहरी नायव उपरीक्षक डा. तपनकुमार दाहाल प्रतिष्ठान पुगेका थिए ।

केसीको जीवन रक्षाका लागि भन्दै डाक्टरहरुले दुई दिनदेखि आन्दोलित भएका थिए । डा. केसीको अवस्था गम्भीर भएपछि जीवन रक्षाका लागि भन्दै चिकित्सकहरुले अस्पताल पुर्याएको जानकारी भएको प्रतिष्ठान पुग्नुभएका सहायक प्रमुख जिल्ला अधिकारी बुढ्थापाले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिनुभयो ।

उपचार भैरहेका कारण उहाँको अवस्था कस्तो रहेको भन्ने विषयमा मेडिकल प्रतिवेदनको आधारमा मात्रै जानकारी हुने कर्णाली प्रतिष्ठानले जनाएको छ ।

यसैगरी अहिले इमरजेन्सीबाट वार्डमा सारिएको र त्यहाँ कर्णाली प्रतिष्ठानका उपलब्ध सवै विशेषज्ञ टोलीहरु उपचारमा लागेका छन । 

अस्पतालमा भिड 

डा. केसीलाई अस्पताल पुर्याएपछि समर्थक तथा सरोकारवाला निकायहरुको अस्पताल परिसरमा भिड लागेको थियो ।  अस्पताल पुगेका स्थानीयले अब केसीको स्वास्थ्य रक्षाको कामना गरेका छन् ।

स्थानीय मेघराज बुढाले उहाँले उठाउनु भएको आवाज कर्णालीको न्यायका लागि भएको बताउनुभयो ।

यसैगरी केसीको अनसन पक्षमा हस्ताक्षर संकलन ब्यानर अस्पतालमै टासिएको छ । अस्पतालमा पुर्याइएका डा. केसीलाई भेटन आएका नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले सिघ्र स्वास्थ्यलाभको कामनासहित सरकारले केसीका मागहरु पूरा गर्नुपर्ने बताउनुभयो । 

डाक्टर गोविन्द केसीको १५ औ सत्याग्रह असार १६ गतेबाट कभर्ड हलमा भएको थियो भने उहाँको अनसनस्थल परिवर्तन गरिनुपर्ने विषयमा चौतर्फी दबाब सुरु भएको थियो ।

डाक्टर केसीले राष्ट्रिय चिकित्सा विधेयक जस्ताको त्यस्तै ल्याइनुपर्ने र त्यस भित्रको कर्णाली प्रतिष्ठानमा चाँडै पूर्वाधार निर्माण गरी एमबीबीएससहित र स्नातकोत्तर तहको पढाई सरकारले गर्नुपर्ने सहित ७ वटा मागहरु रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया