विश्वकप क्रिकेट : भारतविरुद्ध टस जितेर दक्षिण अफ्रिकाले ब्याटिङ राेज्याे

 जेठ २२, २०७६ बुधबार १५:५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटअन्तर्गत दक्षिण अफ्रिकाले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

जारी विश्वकपमा तेस्रो खेल खेल्न लागेको दक्षिण अफ्रिका र पहिलो खेल खेल्न लागेको भारत आमनेसामने हुँदैछन् । अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

दक्षिण अफ्रिकाका डेल स्टेन र लुंगि एन्गिडी छैन भने बलिङको  ठूलो जिम्मा कागिसो रबाडामाथि हुने छ । भारतको टिममा केदार जाधवले स्थान बनाएका छन् ।

भारतीय टिम : राेहित शर्मा, शिखर धवन, विराट काेहली, केएल राहुल, केदार जाधव, महेन्द्रसिंह धाेनी, हार्दिक पाण्ड्या, भुवनेश्वर कुमार, कुलदीप यादव, युजबेन्द्र चहल र जसप्रित बुमराह ।

दक्षिण अफ्रिका टिम : क्विन्टन डी कक, हसिम अमला, फाप डु प्लेसिस, रसे भान डेर डुसेन, डेभिड मिलर, जेपी डुमेनी, एन्डले फेलिकावाे, क्रिस माेरिस, कागिसाे रबाडा, तबरिज सम्सी र इमरान ताहिर ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया