फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले आज चाइनिज ताइपेईसँग खेल्ने

 जेठ २३, २०७६ बिहिबार ६:५८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले बिहीबार चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दै छ । मलेसिया र चाइनिज ताइपेईसँग मैत्रीपूर्ण फुटबल खेल्न गएको नेपाली टोली मंगलबार चीन पुगेको थियो ।

मलेसियामा २–० ले पराजित भएको नेपाल बिहीबार चाइनिज ताइपेईसँग जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने जनाएको छ । नेपाली टिमका प्रशिक्षक जोन कालिनले बलियो टिमसँगको भिडन्त आफ्ना लागि ठूलो परीक्षा रहेको बताए । अहिले नेपाली टिममा युवा खेलाडीहरुको बाहुल्यता रहेकाले यो खेलले अनुभव लिन ठूलो मौका हुने पनि उनले बताए ।

नेपाली टिमका सदस्यहरुलाई चोटले सताएको भन्दै फरक फरक खेलाडीलाई परीक्षण गर्नु पर्ने बाध्यता पनि रहेको उनकाे प्रतिक्रिया रहेको थियो । आफ्ना लागि विश्वकप क्वालिफायर ठूलो चुनौती रहेकाले त्यसकालागि टिम तयार गर्ने गरी रणनीति बनाइरहेको पनि उनले जानकारी दिए । नेपाल र चाइनिज ताइपेईबीचको खेल नेपाली समय अनुसार पौने पाँच बजे सुरु हुने छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया