विश्वकप क्रिकेट : न्यूजिल्याण्डको लगातार दोस्रो जित

 जेठ २३, २०७६ बिहिबार ७:४४:१९ | एजेन्सी
unn.prixa.net

गएको वर्षको उपविजेता न्यूजिल्याण्डले आईसीसी विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा श्रीलंकालाई हराएको न्यूजिल्याण्डले दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले हरायो । 

टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ४९.२ ओभरमा २४४ रन बनाएको थियो । उसका लागि शकिव अल हसनले ६४ रनको योगदान दिएका थिए भने अन्य खेलाडीको प्रदर्शन खराब रह्यो ।

बलिङतर्फ म्याट हेनरीले चार विकेट लिए भने ट्रेन्ट बोल्टले दुई विकेट लिए ।

२४५ रनको लक्ष्य ४७.१ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्‍यो । न्यूजिल्याण्डको इनिङमा रोश टेलरले सर्वाधिक ८२ रनको योगदान दिए भने केन विलियमसनले ४० रन बनाए । 

बलिङमा बंगलादेशका मेहदी हसन, शकिब अल हसन, मोहम्मद साइफुदिन र मोसादेक हुसेनले दुई–दुई विकेट लिए ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया