नेपालमा पहिलोपटक निजी क्षेत्रको जलविद्युत आयोजनाले हाइड्रोजन ...
बैशाख ८, २०८१ शनिबार
उत्तरी जर्मनीका निल्स होगेल नाम गरेका एक जना पूर्व नर्सले उत्तरी जर्मनीको दुई अस्पतालका ८५ जना बिरामीको हत्या गरेको स्वीकारेका छन् । उनकाे स्वीकाराेक्तिपछि अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको छ ।
‘४२ वर्षीय निल्स होगेलको हत्या काण्ड हेर्दा मानिसको दिमागले सोच्नसक्ने भन्दा बाहिरको कुरा जस्ताे लाग्छ’, न्यायाधीश सेबेस्टियन ब्यूहर्मनले भनेका छन् । यसअघि दुई जना बिरामीको हत्या गरेको आरोपमा जेल जीवन बिताउँदै आएका हाेगेलले सुरुमा बिरामीहरुलाई हृदयघात हुने खालकाे औषधी दिने गर्दथे र आफैँ ती बिरामीहरुलाई बचाउने कोसिस गर्दथे । उनले यो सबै प्रशंसा पाउन र सबैको नजरमा नायक बन्नका लागि गरेको बताइएको छ ।
उनले सन् १९९९ र २००५ को बीचमा बिरामीहरुको हेरचाह गर्दा त्यस्तो औषधि दिने गरेका थिए । होगेललाई आधुनिक जर्मनी इतिहासको सबैभन्दा 'कुख्यात हत्यारा' मानिएको छ ।
उनले आफ्ना सहयोगीहरुलाई प्रभावित गर्नका लागि बिरामीलाई पुनर्जीवित बनाउने कोसिस गर्दथे । ‘होगेललाई ‘पुनर्जीवित गर्ने रेम्बो’ को उपनाम दिइएको थियो । किनकि उनले बिरामीलाई त्यस्तै अवस्थामा पुर्याउने गर्दथे’, होगेलका एक पूर्व सहयोगीले स्थानीय अखबार बिल्डसँग भने ।
आफ्नो परीक्षणको अन्तिम दिन होगेलले आफ्नो ‘भयानक कुकृत्य’ का लागि पीडितका परिवारहरुसँग माफी मागेका थिए। ‘मैले वर्षाैँदेखि तपाइँहरुप्रति गर्दै आएको सबै कुकृत्यका लागि इमान्दारीपूर्वक माफी चाहन्छु’, होेगेलले भने ।
होगेलमाथि जर्मनीको उत्तरी शहर डेलमेनहस्र्ट र ओल्डेनवर्गमा १०० बिरामीहरुको हत्या गरेको आरोप लागेको थियो । प्रहरीका अनुसार, उनले अरु बिरामीहरुको पनि हत्या गरेको हुनसक्ने भए पनि शवको दाहसंस्कारका क्रममा सम्भावित प्रमाण नष्ट गरिएको छ ।
होगेलले ५५ जनाको हत्या गरेको कबुल गरेका छन् भने ओल्डेनवर्गको अदालतले उनीमाथि ८५ जनाको हत्या गरेको दोषी ठहराएको छ । सजाय सुनाउँदै न्यायाधीश ब्यूहर्मनले भनेका छन्, ‘पीडित पक्षको दुःखलाई भुलाउन त हामी सक्षम छैनौँ ।’
सन् २००५ मा डेल्हाफोरस्टमा एक बिरामीलाई औषधि दिएको आरोपमा उनी पक्राउ परेका थिए । सन् २००८ मा हत्याको प्रयासमा उनलाई सात वर्षको सजाय सुनाइएको थियो । त्यसपछि अन्य संदिग्ध पीडितका परिवारहरुले जाँचलाई विस्तृतरुपमा अघि बढाउन दबाब दिएका थिए ।
सन् २०१५ मा दोस्रो परीक्षणका क्रममा उनलाई दुई जनाको हत्या गरेको र दुई जनाको हत्या गर्न खोजेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।
यद्यपि त्यो परीक्षणका क्रममा उनले एक मनोचिकित्सकको सामु ३० जनाको हत्या गरेको कबुल गरेका थिए ।