नेपाल र चाइनिज ताइपेइबीचको मैत्रीपूर्ण फुटबल १-१ काे बराबरी

 जेठ २३, २०७६ बिहिबार १८:५६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल र चाइनिज ताइपेइबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा बराबरी गोल गरेको थियो ।

पहिलो हाफको ४० औं मिनेटमा नेपालले गोल खान पुग्यो । चाइनिज ताइपेइका वु चाङ चिनचिनले गोल गरेका हुन् । उनको हेडर गोलरक्षक किरण चेम्जोङले पञ्च गरेपछि आएको रिबाउण्ड बलमा गोल गरेका हुन् ।

आजको खेलमा किरणले नै नेपालको कप्तानी गरेका थिए । ६८ औंँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्रिकिकलाई स्ट्राइकर अभिषेक रिजालले ६८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि दुवै टिमले आक्रामक मुभ बनाए पनि थप गोल हुन नसकेपछि दुवै टिमले बराबरीमा चित्त बुझाउन बाध्य भए ।

योहान कालिन नेपालको प्रशिक्षक भएपछि नेपालको यो चौथो खेल हो । जसमा नेपालले २ हार र २ बराबरी खेलेको छ । कुवेतबिरुद्ध एक बराबरी र एक हार व्यहोरेको नेपालले मलेसियासँग गएकाे आइतबार २–० को हार व्यहोरेको थियो । कालिनको प्रशिक्षणमा नेपालले अहिलेसम्म एक गोल मात्रै गरेको छ । जुन आज अभिषेक रिजालले नेपालको गोलको खडेरी तोडेका हुन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया