विराटनगरका महंगा होटलमा सुनकाण्ड अभियुक्तका आफन्त, एसीजडित होटल खोज्दै बस्दै

 जेठ ५, २०७५ शनिबार १५:२६:४० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ, जेठ ५ – विराटनगरका होटलमा पछिल्ला दिनमा अलिक बढी चहलपहल देखिन्छ । त्यो पनि ठूला अनि नाम चलेका होटलमा  ।

यसरी चहलपहल हुन थालेको झण्डै एक महिना भइसकेको छ । एक त विराटनगर प्रदेश एकको राजधानी भएसँगै बढेको चहलपहल पछिल्ला दिनमा सुन काण्ड तथा सनम शाक्य हत्यासँग जोडिएका व्यक्तिका आफन्तहरुको आउजाउले झनै चहलपहल बढाएको छ । 

विराटनगरका ठूला होटलहरुमा यसरी आउनेमा पछिल्ला दिनमा अधिकांश विभिन्न मुद्दामा  आरोप खेपिरहेका सुन काण्डसँग सम्बन्धित अभियुक्तका आफन्त तथा त्यही मुद्दाको बारेमा बुझ्न आउनेहरु छन् ।  भक्तपुरबाट आएका मणिराज बस्नेत यसरी होटलमा बस्न थालेको झण्डै एक  महिना बितेको छ । उनी चैतको ३१ गते विराटनगर आएर इस्टर्न स्टार होटलमा बसेका थिए । उनका भान्जा राजन थापालाई सुन तस्करी गरी संगठित अपराध गरेको आरोपमा प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेपछि उनीहरुको बासै होटलमा छ । एक महिनाको अवधिमा उनीहरु ३ वटा होटल चहारी सकेका छन्  ।

उनीहरु चैत ३१ गते विराटनगरको इस्टर्न स्टारमा आएर बसेका थिए । तर संयोग उनीहरुलाई एक रात बसेपछि बिहेको लागि होटल बुक भएको भन्दै अन्तै सर्न भनियो । अनि त्यसपछि उनीहरु विराटनगर कै महँगो होटलको रुपमा चिनिएको रत्ना होटलमा आएर बसेको बस्नेतले सुनाए । उनका अनुसार, रत्ना होटलमा उनले खाना खाएको मात्र छाकको एक हजार रुपैयाँ तिर्नु पर्यो । उनीहरु त्यो होटलमा २ दिनसम्म बसेका थिए । उनीसँगै दिलिप केसी, राजकुमार थापा पनि सँगै थिए । पछिल्लो समय उनीहरु होटल एभरेष्ट इनमा बसेको बताइन्छ । उनीहरु पनि उसैगरी होटल सर्दै बस्दै गरेका थिए । उनीहरुको समस्या पनि उस्तै नै देखियो । उनीहरु पनि सुन काण्डको बारेमा आफन्त पक्राउ परेपछि भेट्नैको लागि आएका हुन् ।  

विराटनगरमा नाम चलेका होटल खोज्दै हिँडेका सुन काण्डका अभियूक्तका आफन्तहरु कुनै समय अप्ठेरोमा परे भने कुनै बेला विभिन्न बहानामा होटल सर्दै बस्दै आएको श्रोत बताउँछ । अहिले ती व्यक्तिहरु विराटनगरकै  विभिन्न होटलमा बस्दै आएका छन् । उनीहरु आफन्त पक्राउ परेदेखि नै आउजाउ गर्दै आएका छन्  । चैतको पहिलो सातादेखि नै विभिन्न समयमा विराटनगरबाट काठमाडौं आउजाउ गरि रहेका छन्  ।

आफन्त अप्ठेरोमा परेको भन्दै सुरुका दिनमा हप्तामा एक पटक आएका उनीहरुमध्येका बस्नेत विराटनगर आएको चौथो पटक भएको र लगातार ८ दिनदेखि होटर एभरेष्टमा रहँदै आएको सुनाउँछन्  ।

यसरी आएर होटलमा बसेका सुन काण्डसँग जोडिएका अभियुक्तका अफन्तमध्ये अधिकांश होटल त्यो पनि एसी जडित कोठा खोजेर बस्ने गरेको बताइन्छ । लगातार होटलमा बस्नु अनि आवत जावतमा हुने खर्चले कतिपय होटल व्यवसायी नै छक्क परेको बताउँछन्  । उनीहरुले गर्ने खर्च भनेको सामान्य मानिसले गर्ने खर्च भन्दा फरक रहेको उनीहरु सुनाउँछन्  ।

जिल्ला प्रहरी कार्यालय मोरङले उर्लाबारीमा सनम शाक्यको हत्या भएपछि पक्राउ गरेका ३ जनाबाट पोल खुलेपछि अन्य व्यक्तिलाई पनि अनुसन्धानको लागि मोरङ ल्याइएको थियो । यो क्रम अदालतमा मुद्दा दर्ता हुँदासम्म २८ जना रहेकोमा पछिल्ला दिनमा थप २ जना पक्राउ परेपछि यो संख्या ३० पुगेको छ । अहिले पनि अदालतमा बहस जारी नै रहेको छ ।

प्रतिवादीको तर्फबाट  बहस जारी रहेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । तर आइतबार प्रतिवादीबाट बहस सकिएपछि त्यही दिन सरकारी पक्षबाट प्रतिवादीका वकिलले गरेको तर्कको खण्डन गर्ने र लगाइएको अभियोगमा प्रमाण खोज्ने काम हुने जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठकले जानकारी दिए ।

अन्तिम अपडेट: चैत १२, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया