भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
माेरङ - प्रहरीले जनकपुरबाट झण्डै १३ किलो अवैध चाँदीसहित १ जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल धनुषाले जनकपुरधाम उपमहानगरपालिका-२५, विन्धीबाट महोत्तरी जलेश्वर नगरपालिका ४ बस्ने ३४ वर्षका बालबो प्रसाद साहलाई १२ किलो ७ सय ग्राम अवैध चाँदीसहित पक्राउ गरेको हो ।
मोटरसाइकलमा भारततर्फ लैजाँदै गरेको अवस्थामा साहलाई चाँदीसहित पक्राउ गरेको धनुषाका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशीलप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
दुईवटा प्लास्टिकको पोकामा रहेको चाँदी दानाको मूल्य ७ लाख ८९ हजार ३ सय ५ रुपैयाँ बराबरको रहेको उहाँले बताउनुभयो । चाँदी र मोटरसाइकलसहित उनलाई कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।