रणजोर खोलाको पक्की पुल जोखिममा

 जेठ २५, २०७६ शनिबार ६:९:५७ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – सदरमुकाम मन्थली बजारको छेउमै रहेको रणजोर खोलाको पक्की पुल जोखिममा परेको छ ।

काठमाण्डौ र तराइ जाने एक मात्र मूल नाकाको रुपमा परिचित पुल खोला र भेलका कारण जोखिममा परेको हो । झण्डै दश वर्ष अघि निर्माण गरिएको त्याे पुल रणजोर खोलाको बाढीसँगै आउने लेदोले पुरिने अवस्थामा पुगेको छ । त्यसैगरी पुलकाे दायाँ बायाँ सडकमा बग्ने भेल पनि सँधै पुलमा जम्मा भएर बस्ने गरेको छ ।

सडकमा जम्मा हुने गरेको हिलोले पैदल यात्रुहरुलाई अप्ठेराे पार्ने गरेको छ भने बाढीसँगै आएकाे लेदाे पुलमै जम्मा हुने गरेकोले पुलमाथिको भाग पनि थोत्रिँदै गएको स्थानीयहरुको बताउँछन् । यो समस्याले यस पटकको बर्खामा निकास पाउन सकेन भने पुल जोखिममा पर्ने अवस्था झन् बढ्दै जाने स्थानीयहरुको भनाइ छ ।

दैनिक सयौँको संख्यामा गुड्ने गाडीहरुका कारण पुल आसपासका बस्तीहरु हिलो र धुलाेबाट पीडित हुँदै आएका छन् ।करौडौँको लागतमा बनेको पक्की पुलको संरक्षणका लागि सरोकारवालाहरु निकायले खासै चासो नदिएको उनीहरुकाे गुनासाे छ । 

पुलको जोखिमका बारेमा सडक विभाग खुर्काैटका इन्जिनियर राम बहादुर विकले भन्नुभयाे, ‘अहिले सडक सुधारको काम भइरहेकोले बर्खाकाे समयमा माटो बगेर पुलसम्म आउँदा समस्या देखिएको भए पनि निर्माणाधीन नाला र मन्थली बजार प्रवेशको सडकको कालोपत्रेको काम सम्पन्न भएपछि समस्या निकै हटेर जानेछ ।’

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया