१ लाख घुससहित सब–इञ्जिनियर पक्राउ

 जेठ २४, २०७६ शुक्रबार १९:५७:२२ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज रोल्पाको माडी लुङ्ग्री करिडोर सिँचाइ आयोजनाका सब–इञ्जिनियर तारा श्रेष्ठलाई १ लाख घुससहित कार्यालयबाट रङ्गेहात पक्राउ गरेको छ ।

सब–इञ्जिनियर श्रेष्ठले उपभोक्ता समितिबाट योजनाको अन्तिम बिल भुक्तानी गर्दा घुस मागेको गुनासोका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटेको टोलीले छापा मार्दा कार्यालयबाट रङ्गेहात पक्राउ परेका हुन् । 

घुससहित नियन्त्रणमा लिइएका श्रेष्ठमाथि थप अनुसन्धान अगाडि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नम्बर ५ बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १०, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया