मन्त्री पण्डित बैठकमा अनुपस्थित भए सरकारमार्फत विज्ञापन फिर्ता लिन लोक सेवालाई निर्देशन दिन्छाैँ : सभापति श्रेष्ठ

 जेठ २४, २०७६ शुक्रबार २०:७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई जेठ २७ गते सोमबार बिहान बोलाइएको बैठकमा सहभागी हुन अन्तिम मौका दिएको छ । 

स्थानीय तहको कर्मचारी भर्नासम्बन्ध लोक सेवा आयोगले खुलाएको विज्ञापनका सम्बन्धमा सरकारको धारणा बुझ्न समितिले शुक्रबार अपरान्ह बोलाएको बैठकमा पनि अनुपस्थित भएपछि मन्त्री पण्डितलाई आगामी सोमबार बिहान बोलाइएको बैठकमा सहभागी हुन अन्तिम मौका दिने निर्णय गरेको हो ।

त्याे बैठकमा पनि मन्त्री पण्डित सहभागी नभए खुलाइएको विज्ञापन फिर्ता लिन सरकारमार्फत् लोक सेवा आयोगलाई निर्देशन दिने सहमति गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनुभयो । मन्त्री पण्डितले शुक्रबार सोमबार अपरान्हको बैठकमा आउने सहमति गरे पनि अनुपस्थित भएकोमा सभापति श्रेष्ठको आपत्ति छ ।

बैठकमा समितिका सदस्य विजय सुब्बाले भने मन्त्री पण्डितले २५ गतेछि बस्ने बैठकमा मात्रै आउने जानकारी गराउँदागराउँदै त्यस विषयमा निर्णय लिन हतारो गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको थियो । सत्तारुढ नेकपाका सांसद समेत रहनु भएका उहाँले विभागीय मन्त्रीसँग छलफल नै नगरी कसरी समितिले निर्णय लिन सक्छ ? भनि प्रश्न पनि गर्नु भयो ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु र राष्ट्रिय जनता पार्टी, नेपालका सांसद राजेन्द्र महतोले मन्त्री पण्डित पटक-पटक अनुपस्थित भएको उल्लेख गर्दै तत्काल त्याे विज्ञापन फिर्ता लिन लोक सेवा आयोगलाई निर्देशन दिन समितिकी सभापति श्रेष्ठलाई दबाब दिनु भएको थियो ।

गएकाे जेठ २० गतेबाट समितिले त्यस विषयमा छलफल गर्न खोजेपछि  मन्त्री पण्डितले समितिको बैठक छल्दै आउनु भएको छ । मन्त्री पण्डितले संसदीय समितिलाई छल्न खोजेकोमा सत्तारुढ नेकपाकै सांसदहरुको पनि विरोध छ । संविधान र संघीयताविपरीत त्याे विज्ञापन आएकाले त्यसलाई फिर्ता लिनुपर्ने समितिका धेरैजसो सदस्यहरुको मत छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

2 Comments

  • bk Himal

    June 7, 2019, 10:02 p.m.

    दलित कोटामा माननीय भएकाहरु चुप लागेर बसेको देख्दा दिक्क लाग्छ /

  •  0 Reply
  • दायानन्द साह

    June 7, 2019, 9:36 p.m.

    बिज्ञापन रद्द गर्नु भन्दा राम्रो बिज्ञापन सच्याउन राम्रो हुन्छ ।।। पढ्नेहरूको लागी भलो हुन्छ ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया