ग्याँस सिलिण्डर पड्किँदा सात जना घाइते, दुई जनाकाे अवस्था गम्भीर

 जेठ २४, २०७६ शुक्रबार २०:३९:१३ | जयनारायण यादव

बारा - जीतपुरसिमरा उपमहानगरपालिका-१४ डुमरवानामा रहेकाे स्याउली बजारमा ग्याँस सिलिण्डर पड्किँदा एकै परिवारका ४ सहित सात जना घाइते भएका छन् ।

स्थानीय नजरमान थिङ्गको घरमा शुक्रबार बिहान साढे ८ बजे पाहुनाकाे लागि चिया पकाउन ग्याँस बाल्ने केरममा सिलिण्डर पड्किँदा परिवारका चारसहित सात जना घाइते भएका हुन् । थिङ्गकी बुहारी ज्ञानीमायाले ग्याँस सकिएपछि नयाँ सिलिण्डरमा रेगुलेटर जोडन नसकेको जानकारी गराएकाे र  बाहिर रहेका सबैजना भान्छामा पुगेर  बाल्ने क्रममा सिलिण्डर विष्फोट भएको बारा प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ६७ वर्षीय नजरमान थिङ्गसहित उहाँकी बुहारी ३२ वर्षीय ज्ञानीमाया थिङ्ग, ३२ वर्षीय बौद्धमान थिङ्ग तथा ३२ वर्षीया अनिता थिङ्ग रहेका छन् । त्यसैगरी छिमेकीहरु ४८ वर्षीया दिलमाया वाइबा, २८ वर्षीया सुकमाया ब्लोन, २० वर्षीया ज्ञानीमाया मोक्तान, २६ वर्षीया कमलीमाया थिङ्ग रहेको प्रहरी नायब उपरीक्षक रंजितसिंह राठौरले बताउनुभयो ।

घाइतेमध्ये दिलमाया वाइबा र ज्ञानीमायाको अवस्था गम्भीर भएकाले थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रिफर गरिएको तथा अन्य सबैकाे सिमरामा रहेकाे अल्पाइन अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । घाइते सबैको शरीरको विभिन्न भाग र कपालसमेत जलेको छ ।

 

 

अन्तिम अपडेट: चैत ५, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया