रणबीर कपूरलाई सुझाव : 'फ्यानहरुकाे सम्मान गर्न सिक्नुहाेस्'

 जेठ २६, २०७६ आइतबार १२:४४:१६ | एजेन्सी
unn.prixa.net

सेलिब्रेटी भैसकेपछि बलिउडका कलाकारहरु प्रायजसो ट्रोलको शिकार भैरहन्छन् । बलिउड अभिनेता रणबीर कपूरको पनि एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । 

त्यो भिडियोमा रणबीर कपूरलाई एकजना फ्यान भेट्न आएका छन् । ती फ्यानले रणबीरलाई भेट्ने बित्तिकै उनको खुट्टा ढोग्छन् र रणबीरलाई उपहार पनि दिन्छन् ।

त्यो भिडियो सार्वजनिक भएपछि रणबीर कपूरले ती फ्यानप्रति निकै नै रुखो व्यवहार गरेको भन्दै फ्यानहरुले रणबीरमाथि रिस पोखिरहेका छन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Fan meet with #ranbirkapoor ❤

A post shared by Viral Bhayani (@viralbhayani) on

भिडियोमा रणबीरका ती फ्यानले उपहार दिन्छन् उक्त उपहार उनकै अगाडि खोल्न अनुरोध गर्छन् । रणबीर ती फ्यानसँगै सोफामा बसेर गिफ्ट खोल्न थाल्छन् तर साथमै उभिएका ती फ्यानलाई बस्न भन्दैनन् ।

ती फ्यान रणबीर नजिकै भुइँमा बस्छन् । ती फ्यानलाई रणबीरले एकपटक पनि माथि बस्न भनदैनन् । यही कुरा र रणबीरले ती फ्यानसँग कुराकानी गरेको तरिका मानिसहरुलाई मन परेन । यति बेला रणबीरले ती फ्यानलाई सोफामा बस्न किन भनेनन् भन्दै रणबीरलाई ट्रोल गरिरहेका छन् । 

एक जनाले आलोचना गर्दै भनेका छन्, ‘के रणबीर भगवान हो ? उनले ती व्यक्तिलाई सोफामा बस्न किन भनेनन् ?’ यस्तै अर्का व्यक्तिले लेखेका छन्, ‘रणबीर एकदमै अशिष्ट छन् । एकपटक पनि उनले ती व्यक्तिलाई माथि बस्न भनेनन् ।’

रणबीलाई एक जनाले सल्लाह दिँदै भनेका छन्, ‘कृपया आफ्ना फ्यानहरुको सम्मान गर्न सिक्नुहोस् ।’ यस्तै अर्काले रणबीर कपूरलाई उनको स्कुल र घरमा अनुशासन, तरिका नसिकाएको भन्दै आलोचना गरेका छन् ।

साथै केहीले यदि ती फ्यान पुरुष नभई महिला भएको भए रणबीरको व्यवहार फरक हुने थियो भन्दै रणबीरको मजाक उडाएका छन् । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया