सबैभन्दा उत्कृष्ट ब्याट्सम्यान काे: विराट कोहली कि स्टिभ स्मिथ ?

 जेठ २६, २०७६ आइतबार १४:५३:१० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्वकप क्रिकेट अन्तर्गत आइतबार भारत र अष्ट्रेलियाबीचको खेललाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । क्रिकेट पण्डितहरुले पनि निकै ठूलो र दबाबपूर्ण प्रतिस्पर्धाका रुपमा लिएका छन् । 

नेपाली समय अनुसार सवा ३ बजे ओभल मैदानमा हुने खेलमा वर्षाको सम्भावना नहुँदा पनि दुवै देशका समर्थकहरु उत्साहित छन् । शनिबार अभ्यासको क्रममा पनि धेरै समर्थकहरु जम्मा भएका थिए । 

के फिन्च कोहलीलाई जिस्काउन चाहन्छन् ?

ओभलमा आयोजित पत्रकार सम्मेलनमा अष्ट्रेलियाका ब्याट्सम्यान एरोन फिन्चले स्टिभ स्मिथ तीनवटै फर्म्याटमा सबैभन्दा उत्कृष्ट ब्याट्सम्यान भएको बताएका छन् । भारतविरुद्ध स्मिथ र वार्नरको पुनरागमन पनि टिमको लागि ठूलो ‘प्लस प्वाइन्ट’ भएको फिन्चले दावी गरेका छन् । 

तर भारतीय समर्थकहरु भने यो कुराको ठिक विपरीत साेच्छन् । नटिंघमका क्रिकेट फ्यान अजय भन्छन्, ‘फिन्च र स्मिथलाई विश्वका सबैभन्दा उत्कृष्ट ब्याट्सम्यान कसरी भन्ने? एकदिवसीय र टी–२० मा स्मिथभन्दा राम्रो रेकर्ड त कोहलीको छ । फिन्च भारतीय टिम र कप्तानलाई जिस्काउन चाहन्छन् यो उपाय काम लाग्ने छैन ।’

त्यस्तै पत्रकार सम्मेलनमा भारतीय टिमका ब्याट्सम्यान रोहित शर्माले खेलको दिन जसले राम्रो खेल्छ उसले नै जित्ने बताए । 

कस्तो छ त इतिहास ?

भारतीय टिम अष्ट्रेलियासँग उभिँदा यसअघिका नतिजाले पनि महत्व राख्दछ । भारतले सन् २०१५ को सेमिफाइनलको हारलाई भुलेको छैन । त्यस्तै अष्ट्रेलियाले पनि सन् २०११ को क्वार्टर फाइनलमा भोगेको तीतो सत्यलाई बिर्सन सक्दैन । 

सन् २००३ को विश्वकपको सेमिफाइनल पनि सन् २०१५ को जस्तै थियो । अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै शानदार योगफल तयार पार्दा भारतीय टिम लक्ष्य भेट्याउने क्रममा निकै पछाडि रह्यो । 

सन् १९९९ मा यी दुई देशबीच ‘सुपर सिक्स’ प्रतिस्पर्धा भएको थियो । अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै २८२ रन बनाएको थियो । तर भारतको टिमाम सचिन तेन्दुलकर, सौरभ गांगुली, राहुल द्रविड र मोहम्मद अजरुद्दिनजस्ता ब्याट्सम्यान भए पनि उनीहरु ग्लेन म्याकग्राथको सामु टिक्न सकेनन् । 

यी सबै प्रतिस्पर्धामा कोही न कोही अष्ट्रेलियाका ब्याट्सम्यान अथवा बलरले शानदार प्रदर्शन गर्दै जित दिलाएका थिए । सन् २००३ को फाइनलमा यो काम रिकी पोन्टिङ र डेमियन मार्टिनले गरेका थिए । त्यस्तै सन् १९९९ मा यो काम मार्क वा र ग्लेन म्याकग्राथले गरेका थिए । 

कति ठूलो प्रतिस्पर्धा ?

अष्ट्रेलियाको टिमका खेलाडी ठूलो प्रतिस्पर्धामा शानदार प्रदर्शन गर्ने टिमका रुपमा चिनिन्छन् । तर प्रश्न यो उठ्छ कि सन् २०१९ मा यो काम कसले गर्ला त ?
डेभिड वार्नर र स्टिभ स्मिथको टिममा पुनरागमनसँगै पछिल्लो खेलमा मिचेल स्टार्कको ५ विकेट भारतीय टिमको लागि टाउको दुखाइको विषय भएको छ । 

उता भारतीय टिम पनि अष्ट्रेलिया ब्याट्सम्यानविरुद्ध आफ्नो तीव्र गति कायम राख्न चाहन्छ । भारत र अष्ट्रेलिया टिम बलिङ, ब्याटिङ र अलराउण्ड प्रदर्शनको क्षमतामा बराबरी नै देखिन्छन् । 

तर मैदानमा भारतीय समर्थक अष्ट्रेलिया समर्थकभन्दा धेरै हुनेछन् । यसमा दर्शकको उपस्थितिले पनि टिमलाई असर पुग्ने गर्दछ । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया