काठमाडौं विश्वविद्यालयका विद्यार्थीलाई ‘प्रिक्सा एक्सेलेन्स अवार्ड’ दिइने

 असार २१, २०७५ बिहिबार ९:२६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रिक्सा टेक्नोलोजिले बुधबार काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स तथा कम्प्युटर इन्जिनियरिङ विभागका लागि २ लाख १० हजार रुपैयाँ बराबरको ‘प्रिक्सा एक्सिलेन्स अवार्ड’ घोषणा गरेको छ ।

कम्प्युटर साइन्स र कम्प्युटर इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरुलाई उनीहरुको अध्ययनको क्रममा सहयोग र सहकार्यमार्फत उत्कृष्ट प्रोजेक्ट तयार पार्न यो अवार्ड प्रदान गरिएको हो ।
 
पुरस्कार कार्यक्रम तीन वर्षका लागि लागु हुनेछ । कार्यक्रममार्फत विश्वविद्यालयको कम्प्युटर साइन्स एवम् कम्प्युटर इन्जिनियरिङ विभागका दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुले प्रत्येक वर्ष समूहगत रुपमा तयार पारेका एक उत्कृष्ट प्रोजेक्ट छनोट हुनेछ । यसरी छनोट भएका प्रोजेक्टलाई प्रिक्सा एक्सिलेन्स अवार्ड प्रदान गरिनेछ ।

अवार्ड दोस्रो वर्षको उत्कृष्टका लागि २० हजार रुपैयाँ तेस्रो वर्षको उत्कृष्टलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । 

सहमति पत्रमा हस्ताक्षर गर्दै काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स तथा कम्प्युटर इन्जिनियरिङ विभागका प्रमुख डा. मनिष पौडेलले भन्नुभयो, ‘यस अवर्डलाई विश्वविद्यालयमा रहेका कुशल तथा प्रतिभावान् युवा पुस्ताहरुमा थप ऊर्जा तथा प्रोत्साहन प्रदान गर्ने कुरामा आशावादी छु ।’

प्रिक्साका कम्पपनी व्यापार प्रवर्द्धन विभागका प्रमुख प्रयासराज कोइरालाले काठमाडौं विश्वविद्यालयप्रति आभार प्रकट गर्दै यस्ता कार्यक्रमलाई आउँदा दिनहरुमा बढावा दिँदै जाने बताउनुभयो ।

पाँचवर्ष अघि नेपाली युवाहरुद्वारा स्थापित प्रिक्सा टेक्नोलोजीले सफ्टवेयर, वेभ सिस्टम, कन्टेन्ट म्यानेजमेन्ट सिस्टम, बिग डाटा क्लाउड, इन्फास्ट्रक्चर म्यानेजमेन्टलगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया