मल्लिका भन्छिन् : ‘अभिनेताले भनेको नमान्दा फिल्मबाटै निकालिएँ’

 असार २१, २०७५ बिहिबार १०:५२:३८ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेत्री मल्लिका शेरावत बोल्ड अवतारले मिडियामा चर्चाको विषय बन्ने गर्छिन् । फिल्म ‘मर्डर’ र ‘प्यार के साइड इफेक्ट’ जस्ता फिल्ममा काम गरिसकेकी मल्लिका जति बोल्ड अवतारका लागि परिचित छिन् त्यति नै आफ्ना कुरा बिना कुनै संकोच राख्ने अभिनेत्रीको रुपमा परिचित छिन् ।

मल्लिकाले कास्टिङ काउचका सम्बन्धमा आफ्नो अनुभव बारे खुलेर कुरा गरेकी छिन् । एक अन्तरवार्ताका क्रममा मल्लिकाले खुलासा गरेकी छिन् की कसरी उनलाई फिल्मबाट निकालिएको थियो । सहकर्मी अभिनेताको नजिक हुनुपर्ने प्रस्तावलाई अस्वीकार गर्नु नै फिल्मबाट बाहिर निकालिनुको कारण हो ।

मल्लिकाले भनेकी छिन् ‘मलाई एक प्रोजेक्टबाट यस कारण निकालिएको थियो कि म सँग काम गर्ने अभिनेताले मलाई भनेका थिए ‘तिमी मसँग किन नजिक हुँदिनौ ? अनस्क्रिनमा तिमीलाई बोल्ड सिन दिन अप्ठ्यारो हुँदैन भने मसँग अफ स्क्रिनमा यो सब गर्न किन अप्ठ्यारो ?’ 

यस्तै कारण अन्य कयौं फिल्महरु पनि हातबाट फुत्किएको उनले बताएकी छिन् । उनले भनेकी छिन् ‘अधिकांश पुरुषहरु हामीले फिल्ममा जस्तो चरित्र निर्वाह गरेका हुन्छौं त्यसको आधारमा हामीलाई जज गर्छन । यदि तपाई छोटो लुगा लगाउनुहुन्छ, वा क्यामेरामा अभिनेतासँग अन्तरंग दृष्य दिनुहुन्छ भने त्यसलाई एक तल्लो स्तरको महिलाको रुपमा हेर्ने गरिन्छ । उनीहरुको नजरमा त्यसपछि हाम्रो कुनै मूल्य हुदैन । यही बेला पुरुषहरु हामीसँग फाइदा लिने कोसिसमा रहन्छन् । मलाई कयौं पटक निर्देशकहरुले फोन गरेर बिहानको ३ बजे भेट्न बोलाउँथे ।’

उनी भन्छिन् ‘मैले फिल्ममा बोल्ड सिन दिएकी छु । तर म कहिलेपनि यस किसिमका प्रस्तावहरुसँग सम्झौता गर्दिनँ ।’ उनले यस किसिमका घटना बलिउडमा सामान्य रहेको पनि बताएकी छिन् ।  

मल्लिका शेरावतले कयौं बलिउड फिल्ममा काम गरिसकेकी छिन् । उनले ‘मर्डर’, ‘प्यार के साइड इफेक्ट’, ‘हिस्स’ ‘डबल धमाल’, जस्ता फिल्ममा काम गरेकी छिन् । सन २०१५ मा प्रदर्शन भएको फिल्म ‘डर्टी पोलिटिक्स’ पछि उनले बलिउडको कुनै फिल्ममा काम गरेकी छैनन् ।   

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया