नेपाली स्याट–१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

 जेठ २७, २०७६ सोमबार १५:२३:९ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ ।

जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गएकाे वैशाख ४ गते त्याे भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आईएसएसमा रहँदै आएको त्याे भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो ।

नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठ २७ गतेसम्ममा सकिने र नेपाली समयानुसार त्यस दिन त्याे भूउपग्रह पृथ्वीमा छाडिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । 

'नास्टको श्रोतागण कक्षबाट उक्त दिन साढे १२ बजेदेखि कार्यक्रम सुरु हुनेछ । भू-उपग्रह प्रक्षेपण गरेको समय नाष्टले प्रत्यक्ष प्रसारण देखाउनेछ', ढकालले भन्नुभयो, 'जापानबाट जापानी अन्तरिक्ष अन्वेषण संस्था (जाक्सा) का दुई जना विज्ञ नेपाल आउने तयारी भइरहेको छ ।' त्यस दिन २० मिनेटको अन्तरमा पहिला नेपालको नेपाली स्याट–१ त्यसपछि श्रीलङ्काको रावन–१ अन्तिममा जापानको युवुसु भू-उपग्रह प्रक्षेपण हुने बताइएको छ ।

डेढ महिनाअघि नै उक्त भूउपग्रह ४०० किलोमिटर माथि आकाशबाट अन्तरिक्ष यान पृथ्वीको सतहमा जोडिन सफल भइसकेको छ ।

जाक्साले त्यस भू-उपग्रह निर्माणका लागि नमूना तयार गरी सफल बनाएको नास्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताउनुभयो । त्यस प्रविधि सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ । यस भूउपग्रहको आयु तीन महिनादेखि तीन वर्षसम्मको हुनेछ । सरकारले नेपालमा सन् २०१७ देखि त्यस भू-उपग्रह निर्माणको योजना अघि बढाएको हो । 

याे पनि पढ्नुहाेस्

पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण

 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया