जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
बाँके – खजुरा गाउँपालिका –३ धौलागिरीका दीपबहादुर श्रीष जेठ १३ गते बाघको आक्रमणमा परेर गम्भीर घाइते हुनुभयो । बाघले आक्रमण गरेपछि लामो समय बाघसँग भिडेका श्रीषको सोमबार अस्पतालबाट डिस्चार्ज भयो ।
श्रीषलाई उपचारपछि घर फर्किने क्रममा गाउँलेहरुले सोमबार बाजागाजासहित स्वागत गरेका छन् । स्थानीय बासिन्दा करिब ९ किलोमिटर टाढाबाट श्रीषको स्वागतका लागि अस्पताल पुगेका थिए ।
नेपालगञ्ज शिक्षण अस्पताल नेपालगञ्जमा दुइ साता लामो उपचारपछि घर फर्किने क्रममा श्रीषको स्वागतका लागि धौलागिरीका स्थानीय बासिन्दा बाजागाजासहित अस्पताल बाहिर पुगेका थिए ।
वडा अध्यक्ष कान्तुराम गौतमले सोमबार घरमै पुगेर श्रीषलाई आवागमनमा सहजताका लागि ह्विलचेयर प्रदान गर्नुभयो । उपचारपछि घर फिर्ता भए पनि श्रीष अझै हिड्डुल गर्न सक्नुहुन्न । बाघको आक्रमणबाट श्रीषको पाखुरा, ढाड र शरीरका अन्य विभिन्न भागमा चोट लागेको छ ।