सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ३९ हजार तीन स...
बैशाख ७, २०८१ शुक्रबार
मध्य मालीको एक गाउँमा डोगोन नामको जातीय समूहले आक्रमण गर्दा कम्तीमा सय जनाको ज्यान गएको छ ।
फ्रान्सेली भाषाको समाचार आरएफआईका अनुसार, साँगा शहरको सोबाले कोउमा भएको हो । एक स्थानीय अधिकारीका अनुसार, मृतकहरुको शव जलाइएको छ र बाँकी शवको खोजी कार्य जारी छ ।
पछिल्लो समय मालीमा कैयाैँ आक्रमण भैरहेका छन् । केही आक्रमण जातीय र केही जिहादी समूहले गरेका हुन् ।
गएको मार्च महिनामा पनि १ सय ३० भन्दा बढी फुलानी गाउँका मानिसहरुको हत्या गरिएको थियो । आक्रमणकारीहरुले पारम्परिक डोगोन शिकारीका कपडा लगाएका थिए ।