निर्माण व्यवसायीले फिर्ता लिए आन्दोलनको कार्यक्रम

 जेठ २८, २०७६ मंगलबार १६:२७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । 

महासंघले मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी जेठ २३ गते सरकारले आफूहरुको मुख्य माग सम्बोधन हुनेगरी सार्वजनिक खरिद नियमावली संशोधन गरेपछि आन्दोलनको सबै कार्यक्रम फिर्ता लिइएको जानकारी गराएको हो । सार्वजनिक खरिद नियमावली संशोधन गरेर सरकारले आफूहरुको मुख्य माग पूरा गरेकाले आन्दोलनको कार्यक्रम फिर्ता लिइएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो ।

महासंघले आफूहरुको बैंक धरौटीमा राखेको रकमको ब्याज पाउनुपर्ने लगायतका माग सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

अध्यक्ष सिंहले भुक्तानी गर्न बाँकी रहेका निर्माण व्यवसायीहरुको रकम पनि तत्काल उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । कालो सूचीमा परेका निर्माण कम्पनीलाई ठेक्का नदिनेलगायतका प्रावधानसहितको सार्वजनिक खरिद नियमावली ल्याएपछि महासंघले त्यसको विरोध गर्दै आन्दोलन सुरु गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया