दार्चुलामा विद्यालयको शौचालय भत्किँदा चार जना विद्यार्थीकाे ज्यान गयो

 जेठ २८, २०७६ मंगलबार १९:३२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला – दार्चुलामा विद्यालयको शौचालयको छत भत्किँदा चार जना विद्यार्थीको ज्यान गएको छ ।  

नौगाड गाउँपालिका वडा नम्बर ४ मा रहेको गणेश विनायक माविको शौचालयको छाना भत्किँदा विद्यालयमा अध्ययनरत चार जना बालबालिकाको ज्यान गएको दार्चुलाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो । 

मंगलबार दिउँसो विद्यालय बिदा भइसकेपछि शौचालयको छतमा खेल्दा छत भत्किएपछि बालबालिकाको ज्यान गएको शाहीले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा निरुता ठगुन्ना, अनुष्का धामी, युनिका ठगुन्ना र सुदिश धामी रहेका र उनीहरु ९ बर्ष भन्दा मुनिका रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया