थुनुवाले अस्पतालको शौचालयमा गरे आत्महत्या

 जेठ २९, २०७६ बुधबार ७:३३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – कारागारमा कैद सजाय भोगिरहेका एक व्यक्तिले आत्महत्या गरेका छन् ।

बाँकेको जानकी गाउँपालिका ३ का २५ वर्षीय सुनीलकुमार तिवारीले नियमित उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा पुगेको बेला शौचालयभित्र विष सेवन गरी आत्महत्या गरेको प्रहरीको दाबी छ । 

गएको वर्ष वैशाख ५ गते लागू औषध मुद्धामा थुनामा रहेका तिवारीको चार वर्षको कैद सजाय भएको पत्र सोमबार मात्रै कारागारमा पुगेको छ ।

१० दिन अघि मुखबाट रगत आएको भन्दै भेरी अञ्चल अस्पतालमा जाँच गराएका तिवारीलाई सोमबार नियमित जाँच गराउन लगिएको थियो । तिवारीकै पत्नीले अस्पतालको शौचालयमा पहिला आफूले विष सेवन गरेको र त्यही बाँकी रहेको विष त्यसपछि शौचालय गएका तिवारीले सेवन गरेको प्रहरीले जनाएको छ । उनकी पत्नीको अवस्था गम्भीर रहेको छ ।

शौच गर्न शौचालय पसेका तिवारीले लामो समय ढोका नखोल्दा प्रहरीले ढोका फोडेपछि उनले विष सेवन गरेको सार्वजनिक भएको हो  ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया