युरोकप छनोट : बेल्जियम र इटालीको जित

 जेठ २९, २०७६ बुधबार ७:४७:६ | एजेन्सी
unn.prixa.net

युरोकप छनोट प्रतियोगितामा मंगलबार भएको खेलमा बेल्जियम र इटाली विजयी भएका छन् ।

बेल्जियमले स्कटल्याण्डलाई ३–० ले हराउँदा रोमेलु लुकाकुले दुई गोल गरे । बेल्जियमको ब्रुसेलमा भएको खेलमा लुकाकुले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

५७औं मिनेटमा उनले दोस्रो गोल गर्दा बेल्जियमले २–० को अग्रता लियो । दोस्रो हाफको इन्ज्युरी समयमा केभिन डी ब्रुयनले गोल गर्दै बेल्जियमको ३–० को जित सुनिश्चित गराए ।

समूह आईमा बेल्जियमले चार खेलबाट शतप्रतिशत जित निकाल्दै १२ अंक जोडेको छ । स्कटल्याण्डको भने ६ अंकमात्र छ । यो समूहमा रसिया दोस्रो स्थानमा छ । रसियाले मंगलबारको खेलमा साइप्रसलाई १–० ले हरायो ।

समूह जे अन्तर्गतको खेलमा इटालीले बोस्निया एण्ड हर्जगोविनालाई २–१ ले हरायो । पहिलो हाफमा बोस्नियाले अग्रता बनाएपनि दोस्रो हाफमा दुई गोल खान पुग्यो ।

३२औं मिनेटमा इडिन जेकोले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा लोरेन्जो इन्साइनले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । त्यसपछि ८६औं मिनेटमा मार्को भेराटीले गोल गर्दै इटालीको जित सुनिश्चित गराए ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया