विश्वकप क्रिकेट: शिखर धवनकाे सट्टामा खेल्न ऋषभ पन्त बुधबार इंग्ल्याण्ड जाँदै

 जेठ २९, २०७६ बुधबार १३:३६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान शिखर धवन घाइते भएपछि उनको ठाउँमा ऋषभ पन्त खेल्ने भएका छन् ।

अस्ट्रेलियाविरुद्धको खेलमा घाइते भएका धवनको औंँला फ्याक्चर भएका कारण धवन तीन साताका लागि मैदान बाहिर बस्नेछन् । अहिलेलाई तीन खेलमा खेल्न नसक्ने भनिए पनि भारतबाट ऋषभ बुधबार नै इंग्ल्याण्ड जान लागेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

बिहीबार न्यूजील्याण्डविरुद्धको खेलअघि ऋषभ इंग्ल्याण्ड पुगे पनि धवन प्रतियोगिताबाट बाहिरिएको पूर्णरुपमा घोषणा नहुँदासम्म अन्तिम १५ मा भने हुनेछैनन् । 'टाइम्स अफ इण्डिया' ले ऋषभ इंग्ल्याण्ड जान लागेको खबर प्रकाशित गरे पनि बीसीसीआईले पुष्टि भने गरेको छैन । उनी विश्वकपको स्क्वाडमा परेमा चौथो नम्बरमा ब्याटिङ गर्नेछन् ।

अहिले टिममा रहेका केएल राहुलले ओपनिङ गर्न सक्ने भएकाले पनि ऋषभले चौथो नम्बरमा ब्याटिङ गर्ने सम्भावना रहेकाे हाे ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया