कास्कीबाट वैदेशिक रोजगारीमा जाने ४१ जना ठगिए

 असार २१, २०७५ बिहिबार १३:५८:९
unn.prixa.net

कास्की – कास्कीका वैदेशिक रोजगारीमा जाने क्रममा ४१ जना ठगिएका छन् । पछिल्लो एक वर्षमा २६ जनालाई व्यक्तिले र १४ जनालाई म्यानपावरले ठगेको जिल्ला विकास समिति कास्कीले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना सामीले जनाएको छ । 

व्यक्तिगत ठगीका घटनामा एक लाख २० हजार रुपैयाँ, एजेण्ट र म्यानपावरबाट भएका ठगीका घटनामा २ लाख ९८ हजार रुपैयाँ फिर्ता गरिएको छ । यस्तै विदेश पुगेर मेडिकल फेल भएका एक जनालाई २५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाइएको सूचना केन्द्रकी संयोजक मैयाँ गुरुङले जानकारी दिनुभयो ।

सूचना केन्द्रमा ६३ वटा निवेदन परेकोमा २४ जनालाई न्याय दिइएको केन्द्रले जनाएको छ । एक वर्षमा पासपोर्ट बनाउने आउनेहरुसँगै विद्यालय तथा गाउँमै पुगेर पनि सूचना दिइएको संयोजक गुरुङले बताउनुभयो । 

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया