कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत
बैशाख १३, २०८१ बिहिबार
चितवन – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले विधयेकहरु परिमार्जन भएर नै पारित हुने बताउनुभयो ।
बुधबार प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले गृहकार्य र तयारीविना नै आएको विधेयक परिमार्जन भएर नै पारित हुने बताउनुभएको हो ।
‘संसदमा पेश भएका र हुन लागेका विधेयकहरुको पूर्ण तयारी नभएकोले विरोध भएको छ, गुठी, सञ्चार क्षेत्रलगायतका विधेयकहरु ल्याउँदा सम्बन्धित क्षेत्रका विशेषज्ञहरुसँग सुझाव लिनुपर्छ,’ उहाँले भन्नुभयो । विधेयक ल्याउनका लागि जुन गृहकार्य हुनुपर्थ्याे र त्यो हुन नसक्दा असहमति जुटेको अध्यक्ष दाहालले बताउनुभयाे ।
विवादमा रहेका विधयेकमा केही कमी देखिएको र आउँदा दिनमा यस्ता विधयेकमा प्रर्याप्त छलफल गरेर सहमति जुटाउनेतर्फ सरकार र पार्टी सतर्क रहेको जानकारी दिनुभयो ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।