आईसीसी विश्वकप: अष्ट्रेलियाले दियाे पाकिस्तानलाई ३ सय ८ रनकाे लक्ष्य

 जेठ २९, २०७६ बुधबार १९:९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

आइसीसी एकदिवसीय क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई तीन सय आठ रनको लक्ष्य दिएको छ ।

टाउनटोनमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभर सबै विकेट गुमाउँदै तीन सय सात रन बनायो । उत्कृष्ट सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि एक सय ४६ रनको साझेदारी गरेको थियो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले शतकीय पारी खेल्दै एक सय ११ बलमा ११ चौका र एक छक्काको मद्दतले एक सय सात रन बनाए । त्यस्तै कप्तान आरोन फिन्चले ८२ रन बनाए । 

त्यसपछि स्टिभ स्मिथ मात्र १० रनमा आउट भएपछि अष्ट्रेलियाले एक सय ८९ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि क्रिजमा आएका ग्लेन म्याक्सवेल पनि व्क्तिगत २० रनमा आउट भए । 

मध्यक्रमका खेलाडी क्रिजमा टिक्न सकेनन् । अष्ट्रेलियाका लागि सन मार्सले २३ तथा उस्मान ख्वाजाले १८ रनको योगदान गरे । यस्तै एलेक्स क्यारीले २० रन थपे ।

बलिङमा मोहम्मद आमीर एक्लैले पाँच विकेट लिए । १० ओभरको स्पेलमा आमीरले दुई मेडन राख्दा जम्मा ३० रन खर्चिए त्यस्तै भने साहिन अफ्रिदीले २ विकेट लिँदा हसन अली, वाहव रियाज र मोहम्मद हफिजले समान एक एक विकेट लिए । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया