प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
सुर्खेत - टिप्परको ठक्करबाट बुधबार सुर्खेतमा एक जना पत्रकारको ज्यान गएकाे भएको छ ।
सुर्खेतबाट प्रकाशित हुने सुर्खेत पहिचान दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव समेत रहनु भएका पत्रकार नन्दबहादुर गेलाङ्गको टिप्परको ठक्करबाट ज्यान गएको हो ।
सुर्खेतको भेरीगंगा नगरपालिका–८, लोदेमा भेरीगंगाको छिन्चुदेखि गुर्भाकोट नगरपालिका मेहलकुनातर्फ जाँदै गर्दा गेलाङ्ग चढेकाे भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई रुकुम पश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।
मोटरसाइकललाई टिप्परले ठक्करदिएलगत्तै ट्रिप्पर चालकले ब्याक गरेर गेलाङ्गलाई किचेको र चालक फरार रहेको प्रहरीले जनाएको छ ।
नेपाल पत्रकार महासंघ सुर्खेत र कर्णाली प्रदेशले विज्ञप्ति जारी गर्दै त्रकार गेलाङ्गको मृत्युमा दुःख व्यक्त गर्नुका साथै दोषीमाथि कारबाही गर्न माग गरिएको छ ।