नामिबियाका क्रिकेटर क्रिस्टोफेललाई ४ खेलमा प्रतिबन्ध

 जेठ ३०, २०७६ बिहिबार ९:२९:१५ | एजेन्सी
unn.prixa.net

नामिबियाका क्रिकेट खेलाडी क्रिस्टोफेल विलिजोन ४ खेलको प्रतिबन्धमा परेका छन् ।

आईसीसीले उनलाई ४ खेलका लागि प्रतिबन्ध लगाएको हो । आईसीसी टी–२० विश्वकपको अफ्रीका क्वालिफायरका दौरान दुईवटा घटनामा संलग्न रहेको भन्दै उनलाई कारबाही गरेको जनाएको छ ।

उनले २१ मेमा कम्पालामा युगान्डाका खेलाडीविरुद्ध खराब टिप्पणी गरेका थिए । जसलाई आईसीसीले एन्टी–नस्लबाद कोडको उलंघन गरेको बताएको छ ।

उनले आफूलाई गरिएको निलम्बनलाई स्वीकार गरेका छन् । उनले अब नामेबियाले खेल्ने चार वटा अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउनु पर्ने छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया