प्रधानमन्त्री ओली पेरिसमा

 जेठ ३०, २०७६ बिहिबार १२:१५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

बेलायतको तीन दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली बिहीबार फ्रान्सको पेरिस पुग्नु भएको छ । 

फ्रान्सको तीन दिने औपचारिक भ्रमणका क्रममा पेरिस पुग्नु भएका प्रधानमन्त्री ओलीलाई पेरिसको रेल्वे स्टेसनमा नेपालका लागि फ्रान्सेली राजदूत फ्रांस्वा जेभियर लेगर तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले स्वागत गर्नुभएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीसहितको भ्रमण टोली बेलायतबाट रेल चढेरै पेरिस गएको थियो । बिहीबार दिउँसो प्रधानमन्त्री ओलीले फ्रान्सेली व्यवसायीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

साँझ प्रधानमन्त्री ओलीको सम्मानमा पेरिसमा रहेको नेपाली राजदूतावासमा राजदूत दीपक अधिकारीले रात्रि भोजको आयोजना गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतका उच्च पदस्थ सरकारी अधिकारीको सहभागिता रहेको छ । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया